वीरगन्ज :

सिमराबाट स्रोत नखुलेको १३ लाख रुपैयाँसहित युवक पक्राउ, हुण्डी कारोबारको आशंका

श्रेणी : अर्थ

3 months
Pradeep Sah
2.6kViews
1851 Shares

बीरगन्ज,३१ जेठ । बारा प्रहरीले स्रोत नखुलेको १३ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले स्रोत नखुलेको १३ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एक युवकलाई सिमराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका–१६ निवासी २० वर्षीय सुरज कुशवाहा रहेका छन्।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले कुशवाहालाई सिमराको एयरपोर्ट रोडबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार, कुशवाहाले बोकेको झोला खानतलासी गर्दा नगद १३ लाख सात हजार पाँच सय रुपैयाँ बरामद भएको थियो।

प्रहरीका अनुसार कुशवाहाको झोलाबाट एक हजार दरका एक हजार सतसठ्ठी थान, पाँच सय दरका चार सय ८० थान र एक सय दरका पाँच थान नोट बरामद गरिएको छ । नगदसहित कुशवाहाको झोलाबाट विभिन्न बिल, भौचर, कागजातहरू र बीरगन्जस्थित सागर मनी ट्रान्सफर लेखिएको स्टाम्पसमेत बरामद गरिएको छ।

कुशवाहाले बरामद उक्त रकमको स्पष्ट स्रोत खुलाउन नसकेपछि प्रहरीले हुण्डीको कारोबारमा संलग्न भएको आशङ्का गरेको छ। स्रोत नखुलेका कारण हुण्डी कारोबारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *