श्रेणी : BANNER
79Views
0
Shares
सिन्धुली । नेकपा माओवादी केन्द्रले सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधसभामा खाता खोलेको छ । माओवादी उम्मेदवार लेखनाथ दाहाल(राजन) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । माओवादीका दाहाल २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेका छन् ।
सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरेका थिए । राप्रपाका भिष्मराज श्रेष्ठ भने चौथो भए । उनले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया