वीरगन्ज :

सिएमए संघकाे स्थापना दिवसमा रक्तदान

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.0kViews
1893 Shares

वीरगंज । नेपाल सिएमए संघ पर्साको २१ औं स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित नेपाल चिकित्सक संघको सभा हलमा भएकाे कार्यक्रममा ४० जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख साैरभ राज पाण्डेले वताए ।

संघका पर्सा अध्यक्ष जितेन्द्र महतोको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमलाई संघका केन्द्रिय अध्यक्ष रामेश्वर प्रसादले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । साे कार्यक्रममा राकेश साह गोंढ, डा. मुक्तिनारायण साह, हृदय नारायण महतो, नरेश साह, मुकेश प्रसाद यादव, विनय कुमार साह लगायतले  रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेले जानकारि दिए ।

कार्यक्रममा नेपाल औषधि व्यवसायि संघ पर्साका अध्यक्ष ताजुदिन अंसारी ,सिएमए  संघका केन्द्रीय सदस्य रामदयाल महतो, स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साह, प्रगतीशिल जनस्वास्थ्य महासंघका उपाध्यक्ष सुबास गुप्ता, राष्ट्रिय प्रगतीशिल जनस्वास्थ्य संगठनका पर्सा जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य शिवहरी तिवारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का ,प्रेस चौतारी नेपाल पर्साका सचिव राकेश साह लगायतकाले मन्तव्य राखेका थिए ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक राजेन्द्र साहले गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *