श्रेणी : राजनीति
      45Views
      
      
      0
      Shares
      
      
काठमाडौं । नेकपा एकीृकत समाजवादीका सांसद प्रकाश ज्वालाले सिंहदरवारभित्र सेवाग्राही सहज तरिकाले प्रवेशको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
शुक्रबारको संसद बैठकको शून्य समयमा बोल्दैं सांसद ज्वालाले सिंहदरवारभित्र जनता सहज तरिकाले प्रवेश गर्ने व्यवस्था मिलाउन सभामुखमार्फत् सरकारलाई रुलिङको माग गरेका हुन् । उनले भने, ‘सिंहदरवारको दक्षिण गेटमा लाइन देख्छु। मन्त्री सांसद र कर्मचारी नचिनेको व्यक्ति सिंहदरवार छिर्न पाउँदैन। सिंहदरबार भित्र जनता सहज तरिकाले प्रवेश गर्ने व्यवस्था गरियोस्।’
सरकारले लाइन मुक्त देश भनेपनि कार्यान्वयन नहुँदा जनता प्रताडित भएको उनले बताए ।
    
    
    
									
        
        
प्रतिक्रिया