वीरगन्ज :

सिंहदरबारको फोहोर नउठाउने मेयरको अभिव्यक्तिप्रति सरकार गम्भीर

श्रेणी : समाचार

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगरका मेयरले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर मेयरबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको बताइन् ।

सरकारले आयाति र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *