श्रेणी : मधेस
बीरगन्ज,१७ पुस । बीरगन्जस्थित साहिब दरबार नेपाल संस्थाले मोतियाबिन्दु पीडित २३ जनाको निःशुल्क आँखाको शल्यक्रिया सम्पन्न गरेको छ। शल्यक्रिया बीरगन्ज सामुदायिक आँखा केन्द्रमा गरिएको हो।
साहिब दरबारले शल्यक्रियाका लागि आएका बिरामीहरूको यातायात, बासस्थान, औषधि, र चश्माको पूर्ण व्यवस्थापन निःशुल्क रुपमा गरेको संस्थाका अध्यक्ष उमेशलाल सहनीले बताए। गत शनिबार बीरगन्ज महानगरपालिका वडा नम्बर २१, ताजपुरमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १६५ जनाको आँखा परीक्षण गरिएको थियो। तीमध्ये ३८ जनामा मोतियाबिन्दुको समस्या पत्ता लागेको थियो।
बीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरबाट छनोट भएका बिरामीहरूमध्ये २३ जना शल्यक्रियाका लागि अस्पताल पुगेका थिए। बिरामीहरूको सफल शल्यक्रिया पछि उनीहरूलाई बुधबार बिहान घर फर्काइएको वीरगञ्ज सामुदायिक आँखा केन्द्रका सञ्चालक महेश सिंह धामीले बताए।
साहिब दरबार बीरगन्जले समुदायलाई आवश्यक स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष सहनीले भने, “यस्ता शिविर र सेवा कार्यक्रमले समाजका कमजोर वर्गलाई राहत पुर्याउने उद्देश्य राख्छौं।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया