वीरगन्ज :

साहिब दरबारको वार्षिकोत्सवमा ८६ विद्यार्थीलाई स्कूल ब्याग वितरण

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.9kViews
1572 Shares

वीरगंज (पर्सा), १० भदौ । साहिब दरबारको ५ औँ वार्षिकोत्सवाको अवसरमा बिहिबार एक कार्यक्रमका विच त्रिजुद्ध माविमा बालविकास कक्षामा अध्ययनरत ८६ जना विधार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । साहिब दरबार सिवान भारतका संस्थापक एवम् सरकार जि महाराजले बालविकास कक्षाका शिशुहरुलाई व्याग प्रदान गरेका थिए ।

कार्यक्रममा साहिब दरबार वीरगंजका संरक्षक एवम वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि वीरगंज महानगरपालिकाले विभिन्न निकायको सहयोगमा काम गर्दै आएको बताए । उनले वीरगंजकाे शैक्षिक क्षेत्रमा १ शताब्दी भन्दा बढी समयदेखि त्रिजुद्ध माविले खेलेको भुमिकाको सबैले उच्च मूल्यांकन गर्नुपर्ने बताउँदै दरबार हाई स्कूलपछि देशकै दोश्रो विधालयको रुपमा त्रिजुद्ध मावि रहेको दाबी गरे ।

कार्यक्रममा आजका बालबालिका भोलीका देशका कर्णधार भएको हुँदा बालबालिकाको शिक्षामा विषेश जोड दिनुपर्ने कुरामा साहिब दरबारका संस्थापक सरकार जि महाराजले जोड दिए । विधालयका प्रधानाध्यापक नविन कुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतको सिवानबाट आएका साधुहरु, वीरगंजका समाजसेवीहरु, शिक्षविद, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख सिंहसहितको टोलीले विधालयको अनुगमन समेत गरेको थियो । त्रिजुद्ध माविमा हाल ४ हजार ४ सय ८६ विधार्थीहरुले अध्यन्न गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *