श्रेणी : BANNER
9Views
0
Shares
काठमाडौं । सार्वजनिक यातायातको भाडा घटेको छ । आयल निगमले इन्धनको मूल्य घटाएपछि सरकारले यातायात भाडा पनि घटाएको हो । स्वचालित प्रणालीअनुसार निगमले इन्धनको मूल्य घटाएको थियो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ।
त्यसपछि आजैबाट लागू हुनेगरी यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारी साधनमा २.१३ देखि ३.०९ प्रतिशत भाडा घटाएको छ । मालबाहक सवारी पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशत भाडा घटेको छ ।
प्रतिक्रिया