
श्रेणी : BANNER
काठमाडौं । सरकारले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको छ । नेपाल आयाल निगमले इन्धनको मूल्य बढाएपछि यातायात भाडा पनि बढेको हो ।
यातायात व्यवस्था विभागले बुधबारदेखि लागू हुनेगरी भाडा बढाएको सूना जारी गरेको छ । विभागले अहिले बढाएको भाडा अन्तरप्रदेशमा मात्र लागू हुनेछ । एक प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी तथा मालबाहक गाडीमा नयाँ भाडा बुधबारदेखि लागू भइसकेको छ ।
विभागले यात्रुबाहक सवारी साधानमा ४.७० प्रतिशतले भाडा बढाउँदा मालबाहक तराईमा ६.८३ र पहाडमा ६.१५ प्रतिशतले भाडा बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४ रुपैयाँले मूल्य बढाएको थियो । इन्धनको मूल्य बढेपछि स्वचालित भाडा दर कायम गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

प्रतिक्रिया