वीरगन्ज :

सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका ४ वटा पक्की भवन सहित १७ घर टहरा हटाइयो

सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका ४ वटा पक्की भवन सहित १७ घर टहरा हटाइयो

श्रेणी : BANNER

2 years
Pradeep Sah
76Views
0 Shares

वीरगंज (पर्सा), १८ चैत / सार्वजनिक जग्गा अतिक्रमण गरेर विभिन्न व्यक्तिले निर्माण गरेका संरचना वीरगञ्ज महानगरपालिकाले हटाएको छ । महानगरको वडा नम्वर २५ ड्राइपोर्ट चोक नजिकै करिब १७ कट्ठा जग्गा अतिक्रमण गरि निर्माण गरिएका पक्की तथा कच्ची भवनहरु महानगरले डोजर लगाएर हटाइएको हो ।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशन अनुसार गएको टोलीले अतिक्रमित जग्गामा बनेको ४ वटा पक्की भवन र १७ वटा घर टहरा डोजर लगाएर हटाएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । केही व्यक्तिले वषौँदेखि जग्गा अतिक्रमण गरेर व्यक्तिगत रुपमा प्रयोग गरिरहेको जानकारी पाए लगत्तै नक्सा सहित पुगेको महानगरको टोलीले नापजाँच गरेर सार्वजनिक जग्गा अतिक्रमित गरेर बनेका संरचना हटाएको हो ।
अतिक्रमण हटाउने क्रममा अतिक्रमणकारीहरुले अवरोध गर्न खोजे पछि जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा प्रहरी पुगेपछि अतिक्रमण सहज रुपमा हटाइएको थियो । महानगरपालिकाले ३२ वटै वडामा अतिक्रमणमा परेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न भौतिक पुर्वाधार अतिक्रण खाली गर्ने समिति नै बनाएर काम अघि बढाएको छ । अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइएको बताउँदै महानगर प्रमुख सिंहले कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन आग्रह समेत गरे ।

आफूहरु सार्वजनिक जग्गा संरक्षणमा कटिबद्ध भएर लागेको भन्दै यसमा सबैको सहयोग जरुरी रहेको बताए । महानगरले गएको फागुनमा मात्रै वडा नम्बर १९ मा करिब १६ विघा र वडा नम्वर २४ सिर्सिया पुल नजिक २ कट्ठा १० धुर जग्गा अतिक्रमण मुक्त गराइसकेको छ । चिल्ड्रेन पार्कको अतिक्रमण हटाउने काम चलिरहेको र अन्य वडाहरुमा पनि सार्वजनिक तथा ऐलानी जग्गा खोजी कार्य अघि बढाइएको छ । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले यस्तो खोजी अभियान अघि बढाएको महानगरप्रमुख सिंहले बताए ।
महानगर प्रमुखको निर्देशनमा अतिक्रमण मुक्त गराउन भौतिक पुर्वाधार अतिक्रण खाली गर्ने समितिका संयोजक प्रदीप चौरसिया, प्रशासन प्रमुख राजकृष्ण ताम्राकार, नगर प्रहरी प्रमुख हरि भुषाल, प्रमुखको सचिवालयका हरि पोखरेल, प्रेस सल्लाहकार महेश दास लगायत नगर प्रहरी सहितको टोली पुगेको थियो । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *