
श्रेणी : प्रदेश
2.2kViews
1213
Shares
काठमाडौं,०५ भदौ । सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन सेवा दुई दिनका लागि अवरुद्ध हुने जनाएको छ।
कोषले जारी गरेको सूचनाअनुसार सूचना प्रणालीको प्राविधिक परीक्षणका कारण आज (बिहीबार) दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र भोलि (शुक्रबार) दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवा उपलब्ध नहुनेछ।
कोषका अनुसार, प्रणालीलाई आपतकालीन अवस्थामा पनि सुरक्षित र सहज बनाउन आवश्यक परीक्षणका क्रममा सेवा अस्थायी रूपमा प्रभावित भएको हो।


प्रतिक्रिया