वीरगन्ज :

सामाजिक सञ्जाल विधेयकले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको प्रेस सेन्टरको आरोप

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
2.5kViews
1020 Shares

काठमाडौँ, १७ माघ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग, र नियमनसम्बन्धी विधेयकको कतिपय प्रावधानप्रति प्रेस सेन्टर नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ।

प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तिमा सो विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र संविधानप्रदत्त प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आम जनताको जीवनको अभिन्न अंग बनेको सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नागरिक स्वतन्त्रता संकुचित गरिँदैछ। यो विधेयक संविधानको भावना र मर्म विपरीत छ ।”

प्रेस सेन्टरले विधेयक तत्काल फिर्ता गरी पुनरावलोकन गर्न सरकारलाई आग्रह गर्दै माग पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।

संगठनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित राख्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *