वीरगन्ज :

सामाजिक सञ्जाल विधेयकको विरोधमा युवाहरुद्वारा प्रदर्शन

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
1.9kViews
1447 Shares

वीरगन्ज, २८ माघ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकविरुद्ध चौतर्फी आलोचना भईरहेको छ । विद्येयकविरुद्ध जनकपुरमा युवाहरूले प्रदर्शन गरेका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरको रामानन्द चोकमा आइतबार साँझ मसाल जुलुससहित युवाहरूले प्रदर्शन गरेका हुन् । जुलुसमा सहभागीले सरकारको कदमविरुद्ध नाराबाजी गर्दै विधेयक फिर्ता लिनुपर्ने माग उठाएका छन् ।

अखिल क्रान्तिकारी राजर्षी जनक विश्वविद्यालय, रारा बहुमुखी क्याम्पस र धनुषा जिल्ला समितिको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो । जुलुसमा सहभागीले विधेयकका हरेक बुँदामा सजाय र जरिवानाको व्यवस्था रहेकाले यसले नागरिक स्वतन्त्रताको हनन गर्ने बताए ।

उनीहरूले सूचना तथा सञ्चारप्रवधिमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नाराबाजी गर्दै विधेयक फिर्ता लिन आग्रह गरेका छन् । उनीहरूले यो विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको स्वतन्त्रतालाई सीमित गर्ने र सरकारले आफ्ना विरोधीलाई दमन गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्ने बताएका छन् ।

उनीहरूले यो विधेयक लोकतन्त्र र मानवअधिकारविरोधी रहेको बताउँदै यसको विरोधमा आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् । विधेयकको विरोधमा काठमाडौंमा पनि आइतबार दिउँसो अनलाइन टीभी पत्रकार सङ्घले प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *