वीरगन्ज :

सामाजिक सञ्जाल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
3.0kViews
1822 Shares

काठमाडौँ, १६ माघ । नेपाल पत्रकार महासंघले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने प्रावधान समावेश भएको भन्दै त्यसलाई अस्वीकार्य बताएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार जारी विज्ञप्तिमा नागरिक संस्था तथा सरोकारवालासँग कुनै परामर्श नगरी विधेयक अघि बढाइएकोप्रति गम्भीर असहमति जनाएका छन्। उनले भने, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुन स्वीकार्य हुँदैन ।”

महासंघले सामाजिक सञ्जाल नियमनका नाममा विश्वव्यापी मानव अधिकार, प्रेस स्वतन्त्रता र संवैधानिक मान्यतासँग बाझिने प्रावधान हटाउन आग्रह गरेको छ ।

विज्ञप्तिमा संघीय संसदलाई विधेयकका प्रावधान सच्याउन अनुरोध गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण गर्नुपर्ने माग गरिएको छ ।

महासंघले लोकतान्त्रिक मुल्य मान्यतासँग बाझिने कुनै पनि कानुन पत्रकारिता जगतका लागि अस्वीकार्य हुने बताएको छ । “विधेयकलाई सच्याएर मात्र अघि बढाउन जरुरी छ,” महासंघको धारणा छ ।

सरकारले विधेयकमा आवश्यक परिमार्जन नगरे थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी महासंघले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *