श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडाैं, २३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालहरू बन्द गर्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल नियमन गर्न र अराजक गतिविधि रोक्न विधेयक संसदमा पेश गरिएको बताए ।
उनका अनुसार हाल नेपालमा दर्ता भएर सञ्चालनमा रहेको मात्र टिकटक हो। मेटालाई बारम्बार नेपालमा दर्ता हुन बोलाइएको भए पनि अझै स्पष्ट सहमति नभएको उनले बताए। ‘यदि मेटा दर्ता हुन आएन भने नेपालमा चल्न दिने छैनौं,’ गुरुङले चेतावनी दिए ।
सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति रोक्नका लागि विधेयक आवश्यक रहेको उनको भनाइ छ। ‘मनपरी लेख्ने र सामाजिक सद्भाव भत्काउने गतिविधि लोकतन्त्र होइन,’ उनले भने, ‘जनताको सूसूचित हुने अधिकार र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिँदै विधेयक ल्याइएको हो ।’
सञ्चारमन्त्री गुरुङले दर्ता भएर आउन चाहने सामाजिक सञ्जाललाई सञ्चालनका लागि सहज वातावरण तयार पार्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया