श्रेणी : प्रदेश
काठमाडौं, २१ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन पुनः आग्रह गरेको छ । मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न र अनलाइन प्लेटफर्महरूको जिम्मेवारी बढाउने उद्देश्यले सोमबार दोस्रो पटक सूचना प्रकाशित गर्दै दर्तामा आउन अनुरोध गरेको हो ।
यसअघि पनि मन्त्रालयले फेसबुक, एक्स, टिकटक, लिंक्डइन लगायतका सञ्जाललाई दर्ता गर्न आग्रह गर्दै आएको थियो। नयाँ निर्देशिकामा सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालको सेवा प्रदान गर्नुअघि अनिवार्य रूपमा दर्ता गर्नुपर्ने, आपत्तिजनक सामग्रीको निगरानी र हटाउने प्रक्रिया, र प्रयोगकर्ताहरूको गोपनीयता सुनिश्चित गर्ने प्रावधानहरू राखिएका छन् ।
मन्त्रालयका अनुसार, यो कदमले डिजिटल स्पेसलाई सुरक्षित र मर्यादित बनाउन मद्दत गर्नेछ ।
प्रतिक्रिया