
श्रेणी : प्रदेश – १
वीरगन्ज, २१ पुस । सामसङ नेपालले आफ्नो नयाँ बिस्पोक एआई वाशिङ मेशिन नेपाली बजारमा सार्वजनिक गरेको छ। यी नयाँ मेशिनहरू १२ केजीसम्मको कपडा धुने क्षमता र अत्याधुनिक एआई–वाश, ऊर्जा बचत गर्ने एआई इकोबबल जस्ता सुविधाहरूले लैस छन् ।
सामसङको नयाँ वाशिङ मेशिनलाई स्मार्टफोनबाट स्मार्टथिंग्स एपद्वारा टाढाबाटै नियन्त्रण गर्न सकिन्छ, जसले कपडा धुने प्रक्रिया सजिलो र स्मार्ट बनाउँछ। एआई पर्सनलाइजेसन सुविधाले तपाईँका धुलाईको प्रकारलाई बुझी, उपयुक्त धुलाई साइकल चयन गर्न मद्दत पुर्याउँछ। यसका अतिरिक्त, स्पेसम्याक्स टेक्नोलोजीले सानो आकारको मेशिनलाई कुनै पनि स्थानमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लोड सहजै धुन सक्छ ।
यसका दुई मोडेलहरू उपलब्ध छन् – डायल कन्ट्रोल भएको र एलईडी डिस्प्ले भएको, जसको मूल्य क्रमशः रु १,१४,९९० र रु १,२०,९९० रहेको छ। यी मेशिनहरू सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कमार्फत नेपालभर उपलब्ध छन् ।
सामसङले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गर्दै, दक्षता र दिगोपनामा केन्द्रित यो इनोभेटिभ डिजाइनले प्रयोगकर्तालाई एक सस्तो, सहज र स्मार्ट अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया