वीरगन्ज :

साफ च्याम्पियनशिपमा नेपालद्वारा पाकिस्तान पराजित

श्रेणी : खेलकुद

2 years
birgunj report
31Views
0 Shares

काठमाडौं । साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ। मंगलबार भारतको बेङ्गलोरमा भएको खेलमा नेपालले पाकिस्तानलाई एक शून्य गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । यसअघिका दुवै खेल हारेको नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ ।

पाकिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । समूह ’ए’ बाट कुवेत शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने कुवेत र भारतबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *