वीरगन्ज :

साझा सवालमा मिलेर जान सकिन्छ, तर कुनै पार्टीसँग एकीकरण गर्ने सम्भावना छैनः झलनाथ खनाल

श्रेणी : समाचार

2 years
birgunj report
28Views
0 Shares

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेसनको तयारीमा लागेको बताएका छन् ।

शनिबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाएका छन् ।

उनले भने,’हामी महाधिवेशन गर्ने दिशामा अघि बढदैछौं, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन । तर, साझा सबालमा मिलेर जाने सवालमा हाम्रो पार्टी तयार छ ।’

खनालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार हुँदा पनि पूर्णता पाउन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले अब नवौं पटकमा पूर्णता पाउला भन्ने अपेक्षा गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *