वीरगन्ज :

साउथ सिटी हिमाल अस्पतालमा जुम्ल्याहा शिशुको सफल सर्जरी

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.7kViews
1169 Shares

बीरगन्ज,२४ वैशाख । रौतहटकी २७ वर्षीया सिन्धु कुमारीले जुम्ल्याहा शिशुलाई जटिल अवस्थामै साउथ सिटी हिमाल अस्पतालमा सफलतापूर्वक जन्म दिएकी छिन्। अत्यन्तै संवेदनशील अवस्थामा बिहान ४ बजे अस्पताल पुर्‍याइएकी उनलाई तुरुन्तै आपतकालीन सर्जरी गरिनु परेको थियो।

डा. अल्का यादवको नेतृत्वमा रहेको सर्जिकल टोलीले तात्कालिक निर्णय र दक्षतापूर्वक सर्जरी सम्पन्न गर्दै आमा र दुबै शिशुको ज्यान बचाउन सफल भएको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार ३२ हप्ता ६ दिनमा जन्मिएका ती नवजात शिशुहरूको वजन क्रमशः ९१० ग्राम र १.२ केजी रहेको छ। समयअगावै जन्मिएकाले उनीहरूलाई हाल विशेष निगरानीमा राखिएको छ भने अवस्था अहिले स्थिर रहेको बताइएको छ।

साउथ सिटी हिमाल अस्पतालले अत्याधुनिक सेवा र अनुभवी चिकित्सक टोलीमार्फत पुनः एकपटक जीवनरक्षा क्षमताको उदाहरण प्रस्तुत गरेको छ। २१ वर्षदेखि नर्सिङ शिक्षामा संलग्न संस्थाले हालै अस्पताल सेवा सुरु गरेको हो, जसले जटिल अवस्थामा रहेका बिरामीहरूको सफल उपचार गर्दै आएको छ।

अस्पताल प्रशासनले आमाको स्वास्थ्य पनि सामान्य अवस्थामा रहेको जानकारी दिएको छ। यस सफल सर्जरीप्रति परिवारजनले अस्पताल र चिकित्सकप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *