वीरगन्ज :

साउथजोन स्कुलद्वारा अभिभावकहरुलाई अभिमुखिकरण

श्रेणी : मधेस

2 years
Pradeep Sah
3.1kViews
1213 Shares

वीरगंज । साउथजोन माद्यमिक विद्यालयकाे आयाेजनामा साेमबार अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजस्थित क्लासिक ब्यांकेटमा भएकाे कार्यक्रममा डाक्टर तारा प्रसाद गिरिले विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका करिब चार सय अभिभावकहरुलाई अभिमुखिकरण दिएका थिए । डाक्टर गिरिले अभिभावहरुले आफ्नो नानीहरू राम्रो होस् भनेर राम्रो विद्यालयका अध्यापन गराउनेकाे साथ साथै ध्यान दिन पनि जरुरी रहेको बताए ।

त्यसैगरी साउथजाेन माद्यमिक विद्यालय कै आयाेजनामा आत्मविश्वास वृद्धि शिखर सम्मेलन सम्पन्न भएकाे छ । साे कार्यक्रममा कक्षा १० मा अध्यापन गरिरहेका अर्थात यो वर्ष एसइइ परिक्षा दिन लागेका १०९ जना विद्यार्थीहरुलाई आगामी आफ्नो लक्ष्य र उदेश्य कसरी प्राप्ति हुन सक्छ भन्ने बारे जानकारी गराएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीहरुले राम्रो अंक ल्याउन नसक्ने वा ल्याउन समस्या हुने वा पुरा गर्न सक्दिन भन्ने जस्ता बिषयमा जिज्ञासा राखेका थिए । साेही कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई बिदाई समेत गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्ण, मानव सेवा आश्रमका दिवेश गुप्ता, वीरगंज युवा समाजका कमल चाैलागाई, प्रेस सेन्टर नेपालका जगत राई, प्रण्य साह, समाजवादी प्रेस संगठनका दिपु बर्णवाल लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन विद्यालयका सहायक प्रधानाध्यापक अशोक संग्रोलाले गरेका थिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *