श्रेणी : BANNER
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।
उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुन् । । मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले संवैधानिक व्यवस्था भित्रको चक्र नटुटाउन आग्रह गरे । उनले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताए । उनले नेपाली काँग्रेस बाहेक अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने बताए ।
उनले भने,’नेपाली काँग्रेस बाहेक, अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा हुँदैन जस्तो लाग्छ । मैले यो घोषणा गरेको होइन अवस्था बताएको हुँ । आइहालेको अवस्थामा नेपाली काँग्रेस भित्र आउने हो । जहाँ संसदीय दलको निर्वाचन हुन्छ । जहाँ मैले मेरो दाबी प्रस्तुत गरेको छु । दाबी गरेको मात्र होइन, यहाँबाट सांसद भएर गएको भोलिपल्टबाटै संसदीय दलको निर्वाचनको तयारी गर्ने हो । लड्ने हो, जित्ने हो । सोही आधारमा म जान्छु र ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने हो भन्ने मेरो संकल्प हो ।’
महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताहरु शिक्षित रहेकाले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गरे ।
प्रतिक्रिया