
श्रेणी : BANNER
175Views
0
Shares
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपाल विद्युत प्राधिकरणले ठूला उद्योगीहरूले अर्बौं रकम बक्यौता राख्दा पनि कारवाही नगरेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद यादवले सामान्य नागरिकले एक महिना ढिला शूल्क तिर्दा २५ प्रतिशत फाइन लगाउने, तीन महिना शूल्क तिर्न नसके लाइन नै काटिदने तर ठूला उद्योगीले अरबौँ रकम नतिर्दा पनि किन मौन रहेको भन्दै आपत्ति जनाए । उनले
संसदको सार्वजनिक लेखा समितिले ३५ दिनभित्र विद्युत प्राधिकरणको बक्यौता डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएका उद्योगीबाट असुल गर भनेर निर्देशन दिँदा पनि विद्युत प्राधिकरणले अटेरी गरेको बताए ।

प्रतिक्रिया