वीरगन्ज :

सांसद न मन्त्री, भ्रष्टाचारका लागि कसैलाई छुट हुन सक्दैनः गृहमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताएका छन् । प्रेस सेन्टर चितवनले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताए ।

अरुको निम्ति ठूलो कुरा गर्ने आफूलाई नहेर्ने प्रवृत्ति गलत भएको उनको भनाइ छ । उनले भने, ‘अरुका निम्ति ठूलाठूला कुरा गरिदिने, आफूलाई नहेर्ने, प्रष्ट देखेको कुरा पनि नभन्ने प्रवृत्ति छ ।’

नेपालको राजनीतिमा देखापरेका समस्या सच्चिनुपर्ने उनले बताए । उनले भने, ‘भ्रष्टाचारका लागि कुनै पनि छुट हुन सक्दैन ।” प्रहरीको व्यवहार जनमुखी र सेवामुखी हुनुपर्ने भन्दै उनले महिला हिंसा नियन्त्रणका लागि सरकारले काम गर्ने बताए । “नागरिकता पाउनुपर्ने संवैधानिक हक छ, तर कानुन नभएकाले पीडा भोगिरहेका छन्’, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

गैरनागरिकले नागरिकता नपाउने भन्दै उनले नागरिकता विषयमा भएका अनियमितका विषयमा कडाइका साथ प्रस्तुत हुने बताए । नागरिकताका कतिपय विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले सबै दलहरुसँग छलफल गरेर समस्याको समाधान खोजिने बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नागरिकता प्राप्त गर्ने हकबाट कोही पनि वञ्चित हुनुपर्ने छैन ।’

उनले आफूले गर्न लागेको कामको औचित्य पुष्टि हुनेगरी आए स्थानीय तथा प्रादेशिक सरकारलाई संघीय सरकारले सहयोग गर्ने बताए । काठमाडौं महानगरलाई संघीय सरकारले सहयोग नगरेकाले सिंहदरवारको फोहोर नउठाउने निर्णय गर्नुपरेको महानगर प्रमुख बालेन साहले बताएपछि त्यसको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले आफूले गर्न लागेको कामको औचित्य पुष्टि हुनेगरी आए प्रादेशिक र स्थानीय सरकारलाई सहयोग गर्न सकिने बताएका हुन् । तर, स्थानीय वा प्रदेश सरकारले बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर नहुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *