वीरगन्ज :

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन

श्रेणी : समाज

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार भण्डारीको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।

अस्पतालका अनुसार हरिकलाको शरीरको ७० प्रतिशत भागमा जलन भएको थियो । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *