वीरगन्ज :

सांसदहरूलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.6kViews
1109 Shares

काठमाडौँ,१५ चैत । सङ्घीय संसद् सचिवालयले हालै निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सांसद सुविधा व्यवस्थापन शाखामा तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण दर्ता गराउन भनिएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले जिम्मेवारी सम्हालेको ६० दिनभित्र आफू तथा परिवारको नाममा रहेको सम्पत्ति विवरण स्रोतसहित पेस गर्नुपर्ने व्यवस्था छ।

नवनिर्वाचित सांसदहरूले चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। सोही आधारमा ६० दिनको समयसीमा गणना गर्दै जेठ १० गतेभित्र विवरण बुझाउन निर्देशन दिइएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *