वीरगन्ज :

सांसदहरूका स्वास्थ्य उपचारमा नौ महिनामा ८.५८ लाख खर्च, बिलको आधारमा सुविधा वितरण

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.0kViews
1929 Shares

काठमाडौं, १३ पुस । संघीय संसद्का ५८ सदस्यले गत नौ महिनामा औषधि उपचार खर्चबापत ८ लाख ५८ हजार ३४१ रुपैयाँ खर्च गरेका छन्। संसद सचिवालयको हालै सार्वजनिक संसद दर्पण अनुसार, यो खर्च बिल पेश गरी कानूनी प्रक्रिया पूरा गरेपछि भुक्तानी गरिएको हो ।

साउनदेखि असोजसम्मको तीन महिनामा मात्र १८ सांसदले २ लाख ४५ हजार ६५० रुपैयाँ उपचार खर्च दाबी गरेका छन्। यसअघि वैशाखदेखि असार मसान्तसम्म १९ सांसदले ३ लाख ३६ हजार ४४१ रुपैयाँ र माघदेखि चैतसम्म २१ सांसदले २ लाख ७६ हजार २५० रुपैयाँ खर्च दाबी गरेका थिए ।

सांसदहरूलाई उपचार खर्च उपलब्ध गराउन ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३’ मा व्यवस्था गरिएको छ। यो ऐनको दफा १४ अनुसार, सांसदले संघीय संसद सचिवालयबाट वरिष्ठ चिकित्सकको निःशुल्क परामर्श पाउने र अस्पतालमा उपचार गर्दा लागेको खर्च सचिवालयले बिलको आधारमा भुक्तानी गर्ने प्रावधान छ ।

आकस्मिक अवस्थामा भने अस्पताल भर्ना भइसकेपछि मात्रै सचिवालयलाई जानकारी दिनुपर्नेछ। यस प्रक्रियाले सांसदहरूलाई स्वास्थ्य समस्या समाधानमा सहजता पुर्‍याउने उद्देश्य राखेको छ ।

सांसदहरूले पाउने उपचार खर्चको कुनै सीमा तोकिएको छैन। बिलको आधारमा पेश गरिने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सचिवालयका अधिकारीहरूको चिकित्सक बोर्डले अनुमोदन गरेपछि स्वीकृत हुन्छ ।

यो सुविधा संघीय संसद सचिवालयको व्यवस्थापन अन्तर्गत हुँदै आए पनि यसले नागरिकस्तरमा खर्च व्यवस्थापनको पारदर्शिताबारे बहस निम्त्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *