वीरगन्ज :

सांसदहरुलाई मिटरब्याजीको संरक्षण नगर्न सांसद झाको चेतावनी

श्रेणी : राजनीति

2 years
birgunj report
71Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मिटरब्याजी साहुकारको संरक्षण नगर्न चेतावनी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा उनले महोत्तरीबाट हिँडेर काठमाडौं आएका मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न माग गरे ।

उनले भने,‘मिटरब्याजी साहुकारको संरक्षणमा कुनै पनि राजनीति दल वा राज्यसंयन्त्रमा रहेका कोही पनि नलाग्न चेतावनी दिँदै आग्रह गर्दछु कि मिटरब्याजकै कारण कोही पनि रुखमा झुण्डिनुपर्ने अवस्था सरकारले पर्खेर बसेको हो ? होइन भने उनीहरुको माग सम्बोधन गर्नुपर्यो ।’

बैठकमा बोलेका अधिकांश सांसदले मिटरब्याज पीडितको माग सम्बोधन गर्न र पीडकलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *