वीरगन्ज :

सहिदको बलिदान अमूल्य सम्पत्ति : मुख्यमन्त्री सिंह

श्रेणी : मधेस

2 months
Pradeep Sah
3.1kViews
1625 Shares

जनकपुर,०१ भदाै । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तेस्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन्।

सहादत दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले सहिद राउतसहित सम्पूर्ण सहिदप्रति उच्च सम्मान प्रकट गरेका छन्। उनले सहिदहरूले देखाएको बाटो र आदर्श अवलम्बन गर्दै मधेसका अधिकार, समानता र न्यायका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री सिंहले भने, “मधेस आन्दोलनका क्रममा सहिदहरूले दिएको बलिदान हाम्रो इतिहासको अमूल्य सम्पत्ति हो।”

ती वर्षको भदौ १ गते सप्तरीको भारदहमा पूर्व–पश्चिम राजमार्गमा प्रहरीको गोली लागेर राजीव राउत घटनास्थलमै निधन भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *