वीरगन्ज :

सहकारी कार्यालयबाट २ लाख ६५ हजार नगद लुटियो, सिसिटिभी फुटेजसमेत गायब

श्रेणी : मधेस

8 months
Pradeep Sah
2.0kViews
1484 Shares

बारा, १३ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका दुई साना किसान कृषि सहकारी कार्यालयमा बिहीबार राति चोरी भएको छ। चोरहरूले फत्तेपुर (जीतपुरसिमरा-१२) स्थित सहकारीबाट १२ लाख र डुमरवाना (जीतपुरसिमरा-१५) स्थित अर्को सहकारीबाट ६५ हजार नगद चोरेका छन् ।

फत्तेपुरको सहकारी कार्यालय प्रहरी चौकीबाट केवल ५० मिटरको दूरीमा रहे पनि चोरहरूले ताला र भल्ट फोडेर ठूलो रकम चोरेका हुन्। यसैगरी, डुमरवाना सहकारी कार्यालयमा पनि उस्तै तरिकाले चोरी भएको जनाइएको छ। यी दुई कार्यालय करिब दुई किलोमिटरको दूरीमा छन् ।

चोरहरूले दुबै सहकारीको सिसिटिभी क्यामराको हार्डडिस्कसमेत चोरेका छन्, जसका कारण घटनाको फुटेज उपलब्ध छैन। चोरीको शैली र समानता हेर्दा घटनामा एउटै समूहको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।

चोरीका घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। तर, हालसम्म चोरहरूको पहिचान वा पक्राउको कुनै सूचना प्राप्त भएको छैन ।

यस घटनाले सहकारी कार्यालयहरूको सुरक्षा प्रणालीमा गम्भीर प्रश्न उठाएको छ । स्थानीयहरूले नगद व्यवस्थापन र सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *