वीरगन्ज :

सहकर्मी कुटिएको विरोधमा न्यायालयका कर्मचारी आन्दोलनमा

श्रेणी : BANNER

2 years
birgunj report
20Views
0 Shares

काठमाडौं । जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात भएको विरोधमा देशभरका अदालतका कर्मचारीहरू आन्दोलित भएका छन् ।

कानुन व्यवसायी अमिर लामिछानेले जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा तामाङमाथि हातपात गरेको भन्दै सर्वोच्च सर्वोच्च अदालतसहित देशभरका अदालतमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् ।

सर्वोच्च अदालतअन्तर्गतका चारवटै कर्मचारी संगठनले आइतबार दिउँसो साढे १ बजेसम्म अदालतमा काम रोकिने जनाएका छन् । जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा तामाङमाथि १३ असारमा कानुन व्यवसायी लामिछानेले हातपात गरेका थिए । हातपात गर्ने कानुन व्यवसायी लामिछानेलाई ललितपुर प्रहरी परिसरले सोही दिन पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *