
श्रेणी : अपराध
जनकपुर,२५ असार । जनकपुरधाममा आफ्नै ससुराको चक्कु प्रहार गरेर हत्या गर्ने ज्वाइँ बेचन महासेठलाई प्रहरीले पक्राउ गरेको छ। आरोपीलाई मंगलबार खजुरी रेलवे स्टेशन नजिकैबाट पक्राउ गरी बुधबार सार्वजनिक गरिएको हो।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५ निवासी ६५ वर्षीय वासुदेव प्रसाद साहको यही असार १८ गते हत्या भएको थियो। घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले हत्यामा प्रयोग गरिएको चक्कु र बेचन महासेठ चढेको स्कुटर (प्रदेश ०२–००७प ९९३२) पनि बरामद गरेको जनाएको छ।
धनुषाका एसपी नरहरि रेग्मीका अनुसार घटना घरायसी र लेनदेन सम्बन्धी विवादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतककी पत्नी शैलदेवी साहले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले महासेठलाई पक्राउ गरेको हो।
पक्राउ परेका महासेठमाथि थप अनुसन्धान जारी रहेको छ।


प्रतिक्रिया