
श्रेणी : मधेस
बीरगन्ज,१६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेशस्थित संघले विविध सामाजिक कार्यका कार्यक्रमहरु सम्पन्न गरेको छ।
संघको आयोजनामा तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साको समन्वयमा असार १५ गते वीरगंज महानगरपालिका–१४ स्थित पिपरामा रहेको पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो।
यसै अवसरमा, रेडक्रस सोसाइटी पर्साको सहकार्यमा नं. १३ गण मुख्यालय परिसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो। मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघका सदस्यहरूको सक्रियतामा भएको उक्त कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक तथा नं. १३ गणका गणपति राधेश्याम धिमाल, रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, प्रभु अस्पताल बीरगंजका सञ्चालक दिलिप कार्की, इनोभेटिभ संस्थाका कमल चौगाई, लायन्स क्लब अफ बीरगंजका अध्यक्ष डी.एन. अग्रवाल, तथा एलाईड युथ सोसाइटीका ओम कुमार झालगायतको उपस्थिति रहेको थियो।
हाल बीरगंज क्षेत्रमा गर्मीका कारण बिरामीको संख्या बढिरहेको र रक्तको अभाव महसुस भैरहेका सन्दर्भमा यस रक्तदान कार्यक्रमले रगत अभाव कम गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।


प्रतिक्रिया