
श्रेणी : BANNER
बीरगन्ज,०४ फागुन । पर्सा जिल्लाको सिमावर्ती क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी जवान घुमुवा राजाराम यादवले सादा पोशाकमा तस्करहरूसँग अवैध रकम असुली गर्दै आर्थिक आतंक मच्चाएको गुनासो बढेको छ। शसस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालको नाममा तस्करहरूबाट रकम असुल गर्ने काम भइरहेको र यसमा प्रहरी जवान यादवको संलग्नता रहेको खबर प्राप्त भएको छ।
उनी मातहत कार्यरत रहेका शसस्त्र प्रहरीले नै शसस्त्र प्रहरी उपरिक्षक धिमालको नाममा रकम असुल गरीरहेका छन । विगत एक दशक देखि पर्सामा कार्यरत रहेका सादा पोशाकमा खटिएका प्रहरी जवान घुमुवा राजाराम यादवले आर्थिक आतंक मच्चाएको गुनासो बढ्न थालेको छ।
यादवले एक वर्षदेखि बीरगन्ज महानगरपालिका क्षेत्रका सिमावर्ती नाकाहरू जस्तै ईनर्वा, छपकैया, कोनिया, अमरपट्टी लगायतका स्थानहरूमा तस्करहरूसँग महिनावारी २० हजार देखि एक लाखसम्म रकम असुल गर्दै आएका छन्। रकम नबुझाउने व्यापारीहरूको सामान समातेर भन्सारमा बुझाइने बताइएको छ।
तस्करहरुका अनुसार अवैध रुपमा चोरी पैठारी गरी विभिन्न समाग्री भित्रियाँउदै आएका तस्करहरुले उनलाई मासिक २० हजार देखि एक लाख सम्म रकम बुझाउने गरेका छन । रकम नबुझाउने व्यापारीहरु मालसमान समातेर भन्सार बुझाउने गरेका छन ।
पर्सा जिल्लाको सिमावर्ती नाकाहरुबाट अहिले चौकीका घुमुवा देखि सिमामा खटेका प्रहरीको मिलेमतोमा तस्करहरुले भारतीय कपडा ,हार्डवेयर पार्टपुर्जा , ड्राईफ्रुट , खाद्यान्न लगायतका समानहरु भन्सार छलि गरी वीरगन्जमा भित्रियाईरहेका छन ।
वीरगन्जमा अवैध रुपमा भित्रिएका मालसमानहरु वीरगन्जका विभिन्न ट्रान्सपोर्टका माध्यमले नेपालका विभिन्न शहरमा जान गरेका छन ।
यादवका अवैध गतिविधिहरूको बारेमा शसस्त्र प्रहरी मधेश प्रदेशका डिआईजी कालीदास धवजीले कुनै पनि सादा पोशाकमा घुमुवा प्रहरी रहेको छैन भन्दै कारवाही गरिने जनाएका छन्। साभार-नेपाल पोष्ठ डेली

प्रतिक्रिया