श्रेणी : BANNER
वीरगंज । सशस्त्र प्रहरीले रु २४ लाख १० हजार बराबरको पशुचाैपाया नियन्त्रणमा लिएकाे छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रहरी उपरिक्षक सुमन थपलियाकाे कमाण्डमा खटिएको अनुगमन टोलीले पर्साकाे बिन्दवासिनी गाउँपालिका र बहुदरमाई नगरपालिकाबाट ६५ वटा पशुचाैपाया नियन्त्रणमा लिएकाे हाे ।
आइतबार सांझ ५:०० बजे पर्साकाे बिन्दवासिनी गाउँपालिका १ स्थित गदौलाबाट र साेही दिन सांज ६:४५ बहुदरमाई नगरपालिका २ स्थित तिलाबे खोलामा जनिकबाट रु २४ लाख १० हजार बराबरको पशुचाैपाया नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल अलाैंका प्रहरी नायब उपरिक्षक याेगेश बरालले जानकारी दिए ।
भारतबाट ल्याइरहेकाे साना ठूला भैंसी ५६ वटा, पाडी ३ वटा र पाडा ६ वटा गरी ६५ वटा पशुचौपाया नियन्त्रणमा लिई आवश्यक कारबाही प्रकृयामा रहेको उनले वताए । कालिका टाईम्स
प्रतिक्रिया