वीरगन्ज :

सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएको ८१ हजार भन्दा बढी लागुऔषध ट्याब्लेट बरामद

श्रेणी : अपराध

1 month
Pradeep Sah
1.7kViews
1286 Shares

वीरगंज,६ जेठ । सशस्त्र प्रहरी बल नेपाल, गण नम्बर १३ हे.क्वा. पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ।

वीरगंज महानगरपालिका–२ स्थित भगुवा नाकामा सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले Tramol–50 mg (Tramadol Hydrochloride) नामक लागुऔषध ८१ हजार ४ सय ९० ट्याब्लेट बरामद गरेको हो।

भारतबाट दुई जना व्यक्ति टाउकोमा बोकि नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि उनीहरू लागुऔषध छाडी फर्केर भारततर्फ भागेका थिए।

उक्त लागुऔषध नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार र अवैध क्रियाकलाप नियन्त्रणमा सक्रियता बढाएको सूचना अधिकारी सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *