
श्रेणी : मधेस
बीरगन्ज,०७ जेठ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४० रिजर्भ गण हे.क्वा पिलुवा, बाराको आयोजनामा पथलैयामा एक दिवसीय रक्तदान कार्यक्रम सम्पन्न भएको छ। २४औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा सशस्त्र प्रहरीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रक्तदानमार्फत मानव सेवामा सक्रिय भूमिका निभाएको देखिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक गणपति नवराज थापा रहेका थिए भने नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल विशेष अतिथिका रूपमा उपस्थित थिए।
नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज र रेश्मकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताको समन्वयमा सम्पन्न भएको कार्यक्रममा ३० जना स्वयंसेवकले रक्तदान गरेका थिए।
नेपाल रक्तसञ्चार केन्द्र, वीरगञ्जमा रगतको अभाव चर्किएको पृष्ठभूमिमा यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्राविधिक सहयोग नेपाल रक्तसञ्चार केन्द्रका जितेन्द्र कुशवाहाले प्रदान गरेका थिए।
रक्तदान गर्नेहरूमध्ये प्रमोद राम, मानोस नगरकोटी, नवराज नेपाली, अर्जुन उप्रेती, शम्भु, राजेश मल्ल, मिराज, सूर्य तामाङ, नहकुल कुमार भट्टलगायत उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया