वीरगन्ज :

सशस्त्र प्रहरीको नौटंकी, दिनमा एकवटा कपडाको लागि तछाडमछाड, रातिमा तस्करीको लाइन

श्रेणी : BANNER

1 year
Pradeep Sah
1.9kViews
1507 Shares

वीरगंज (पर्सा), २४ चैत । केही दिनयतादेखि वीरगंज भन्सारमा खट्ने सशस्त्र प्रहरीको नौटंकी बढेको छ । विहानदेखि साँझसम्म सशस्त्र प्रहरीले १ वटा टि-सर्ट पनि रक्सौलबाट ल्याए तछाड मछाड गरेर खोसिलिने गरेका छन् । महिला होस् वा पुरुष, जो सुकैले पनि सानोतिनो घरायसी सामान ल्याउँदा सर्वत्र वाहवाही कमाउनको लागि सशस्त्र प्रहरीले यो नौटंकी शुरु गरेको छ ।

वीरगंज भन्सार स्थित सशस्त्र प्रहरी पोष्टमा डिएसपी सुरज रिजाल आएदेखि तस्करी नियन्त्रणको नाममा सशस्त्र प्रहरीले सर्वसाधारणलाई दुःख दिने र वाहवाही कमाउने काममा सक्रियता बढाएको पाइएको हो । यसो पनि वीरगंज लगायत यस क्षेत्रका अधिकाँश सर्वसाधारणहरु घरायसी सामान किन्न सिमावर्ती सहर रक्सौल बजार पुग्ने गरेका छन् ।

यो कुनै नौलो कुरा होइन, त्यसको साथसाथै भारत सीमासँग जोडिएका वीरगंजका इनर्वा, नगवा, मुसहर्वा लगायतको गरिब विपन्न परिवारका महिलाहरु विहान बेलुका थोरै कपडा ल्याएर वीरगंज बजारमा विक्री गरेर आफ्नो जिविकोपार्जन गर्दै आएको कसैसँग लुकेको छैन । तर ति महिलाहरुको दुई चारवटा कपडा अहिले सशस्त्र प्रहरीले तछाड मछाड गरेर खोस्ने गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जताततै सशस्त्र प्रहरीको रवैयाप्रति सर्वसाधारणहरु आक्रोश पोखि रहेका छन् । दुईचार पैसा कमाएर आफ्नो जिविकोपार्जन गर्ने महिलाहरुको सामान तछाड मछाड गरेर सशस्त्र प्रहरीले खोसी देशको ठूलै राजस्व संकलन गरेको भनेर प्रचार गर्नुले सशस्त्र प्रहरीको कार्यशैलीप्रति आक्रोश व्यक्त गरि रहेका छन् । सार्वजनिक ठाउँमा कसैको इज्जतमाथि आँच आउने गरि दुव्र्यवहार गर्नु पनि एक किसिमको अपराध नै हो ।

मानव अधिकारको ठाडो उल्लंघन गर्दै सशस्त्र प्रहरीले महिलाहरुसँग सार्वजनिक स्थानमा दुव्र्यवहार गर्दै एक दुई वटा कपडा खोसेर वाहवाही बटुल्न खोज्नु पक्कै निन्दनीय हो । सशस्त्र प्रहरीले चाह्यो भने एउटा पनि तस्करी हुँदैन तर देखाउनको लागि गरिब, विपन्न परिवारका महिलाहरुलाई ल्याउने दुई चारवटा कपडा तछाड मछाड गरि खोसेर रातिको समयमा भन्सारको पछाडिबाट ठूलठूला तस्करहरुलाई कपडा, हार्डवेयर तथा इलेक्ट्रोनिक्स पार्टस्को लाइन दिएको इनर्वाका स्थानीयहरुको भनाई छ ।

रातिको समयमा लालु यादवको तस्करीको लाइन खुलेयाम रुपमा चलि रहेको छ । सशस्त्र प्रहरी एवं जनपत प्रहरीको बलिरामपुर चौकीका सईको सेटिङ्गमा अहिले बलिरामपुर नाकाबाट रातिको समयमा तस्करीको लाइन खुलेको बताइएको छ । तर सशस्त्र प्रहरीले मुख्य सडकमा नौटंकी देखाउने र रातिको सममया तस्करीको लाइन दिने कामले सशस्त्र प्रहरीको दोहोरो चरित्रलाई उदांगो बनाएको छ ।
भिडियो हेर्नुहोस्…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *