
श्रेणी : प्रदेश
काठमाडाैँ,०९ माघ । सशस्त्र प्रहरी बलले ‘एक सिपाही एक घर’ कार्यक्रमलाई निरन्तरता दिँदै जवान तथा अधिकृतहरूलाई घर निर्माणका लागि ग्लोबल आइएमई बैंकबाट ३० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ।
२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपाने र ग्लोबल आइएमई बैंकका नायव कार्यकारी निर्देशक सुमन पोखरेलले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार, सशस्त्र प्रहरीका कर्मचारीहरूले संगठनको जमानीमा ५ देखि ३० लाख रुपैयाँसम्मको ऋण ३० वर्षको अवधि भित्र भुक्तानी गर्न पाउनेछन्।
डीआईजी न्यौपानेका अनुसार यो कार्यक्रम जवानहरूलाई जागिर छाड्ने प्रवृत्ति निरुत्साहित गर्न र स्थायित्व कायम गर्न ल्याइएको हो।
“गतवर्ष वाणिज्य बैंकसँग १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने सम्झौता गरिएको थियो, जसलाई निरन्तरता दिइएको छ,” उनले जानकारी दिए।


प्रतिक्रिया