वीरगन्ज :

सशस्त्रका इन्स्पेक्टर प्रकाश भुजेलको मिलोमतोमा प्रसौनीभाठ्ठा नाकाबाट खुलेआम तस्करी

श्रेणी : BANNER

9 months
Pradeep Sah
2.1kViews
1826 Shares

वीरगंज । मुलुकको अन्तर्राष्ट्रिय सीमानामा अपराध तस्करीलाई नियन्त्रण गर्न तैनाथ गरिएको सशस्त्र प्रहरी बलका कै संरक्षणमा तस्करी मौलाएको छ । बिओपी प्रसौनीभाठ्ठाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश भुजेलको संरक्षणमा प्रसौनीभाठ्ठा नाकाबाट विगत केही समयदेखि चोरी तस्करी खुलेआम भइरहेको स्थानीय बताउँछन् । यस नाकाबाट दर्जनभन्दा बढी तस्करहरुले लाईन पाएका छन ।

इन्स्पेक्टर भुजेलको मिलेमतोमा तस्करहरुले प्रसौनीभाठ्ठा सिमानाका हुँदै भारतबाट घरायसी सामानहरु चिनी, चामल, मैदा, काजु, चकलेट, बच्चा पिउने पावडर दुध, होर्लिस, बिस्कुट, कुरमुरे, पास्ता, आलु–प्याज, फलफूल, तरकारी, माछा, प्रतिबन्धित औषधि, पानमसाला, राजनिवास रजनीगन्धा, पराग, सुर्तीजन्य पदार्थ , लुगा धुने डिटर्जेन्ट, देखि कुखुराको चल्ला, त्यारी ब्वाइलर कुखुरा र राँगाभैँसीको तस्करी मौलाएको छ । यस्तै, थानको लत्ताकपडा तथा तयारी पोसाक,जुत्ता–चप्पल, कस्मेटिक्स, भाँडाकुँडाका सामान, इलेक्ट्रिक पार्टस्, मोबाईल पार्टस्, हार्डवेयर, मेसिनरी पार्टस्, पानी तान्ने मोटर, मलखाद तथा केमिकल फर्टिलाइजर लगायतको समान पनि नेपाल तर्फ तस्करी भइरहेको छ । नेपालबाट स्थानीय घरेलु मदिरा र कम गुणस्तर भएको लिची, कस्तुरी, सोफीलगायतका रक्सी, भारततर्फ तस्करी भइरहेको छ । यस्तै, सिमामा सशस्त्र प्रहरीले  तस्करहरुलाई सहजीकरण गरिदिएपछि दिन भर तस्करिका समान प्रसौनीभाठ्ठा गाउँमा भन्डारण गरेर राती राती पिकअपमा लोड गरि नेपालका विभिन्न ठाउमा पठाउने गरेका छन । यस्तै, नेपालको तुलनामा भारतीय पेय पदार्थ सस्तो भएकोले भारतीय कोक, फेन्टा, स्प्राइट, मैङ्गो जुस लगायतका पेय पदार्थ तस्करीको माध्यमबाट नेपाल भित्रिंदै छन्। यस्तै, सिमामा सशस्त्र प्रहरीले  तस्करहरुलाई सहजीकरण गरिदिएपछि दिन भर तस्करिका समान प्रसौनीभाठ्ठा गाउँमा भन्डारण गरेर राती राती पिकअपमा लोड गरि नेपालका विभिन्न ठाउमा पठाउने गरेका छन ।

प्रसौनीभाठ्ठा सीमानाकाबाट प्रहरी प्रशासनले तस्करीको लागि मौखिक लाइसेन्स बाडे् झै लाईन क्लियर गरिदिएपछि तस्करहरुले खुलेआम दिनदहाडै् भन्सार छली अवैध रूपमा भारतीय समानहरु तस्करी गरी पर्साका ग्रामिण बजार पोखरिया, केहुनिया, महुवन बजार,  बिशरामपुर, डकैला, निचुटा, देउरिया, बढनिहार, रंगपुर, परवानीपुर र जितपुर लगायत ठाउँहरुमा सञ्चालन रहेका पसलहरूमा दिने गरेका छन्। भारतसँग जोडिएको पर्सा जिल्लाको ग्रामीण बजारका अधिकांस पसलहरु नेपाल सरकारको कुनै निकायमा दार्ता छैन र त्यसमा पनि  ९० प्रतिशत चोरी तस्करीबाट भित्रिएका भारतिय समान बेचकिन हुने गरेको छ तर सम्बन्धित निकायको ध्यान पुग्न नसकेको हो कि माल खाएर तै चुप मै चुपमा मगन रहेको छ भने प्रश्न आमजनसमुदायमा उठिरहेको छ । इन्स्पेक्टर भुजेल 4 वर्ष देखि पर्सा जिल्लामा छन भने ३ वर्ष पहिला पनि अहिले कार्यरत बिओपी प्रसौनीभाठ्ठा भन्दा ३ किलोमिटर पश्चिम् सबैठवा लहावरथकरी बिओपीमा लामो समय कमान्ड गरिसकेका छन । उनलाइ यहाको तस्करी बारे चपाचपा नाका नाका तस्करीको बारेमा हरेक कुरोमा जानकार भएकै कारण सहज रुपमा तस्करी गराएर चानीकाटिरहेको जानकारहरु बताउछन ।

नेपाल र भारतबीचको खुला सीमाका कारण तस्करहरुलाई सहज भएको हो । त्यसमा पनि देशको तलव खाएर बसेको सुरक्षा निकाय सशस्त्र प्रहरी नै यसमा सामेल भएपछि तस्करी अझ बढेको हो । प्रसौनीभाठ्ठा सिमानाकाबाट तस्करहरूले दिउसाे कै समयमा खुल्याम तस्करी गरिरहेकाे भिडियाे सहितका प्रमाण हामीलाई फेला परेको छ । बिओपी प्रसौनीभाठ्ठाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलसंग तस्करीको कुरा राख्दा यस बारे बोल्नै चाहेनन् र आफू ब्यस्त छु भनी फोन काटी पन्छिन खोजे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *