२०८२ बैशाख ११, बिहिबार

वीरगन्ज :
२३:४६:३०

सल्लाह गरेर सरकारको नेतृत्वका सम्बन्धमा सहमतिमा पुग्छौंः प्रचण्ड

श्रेणी : राजनीति

2 years
birgunj report
13Views
0 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका छन् । बिहीबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वको बारेमा भने सल्लाह गर्ने बताए ।

उनले  सरकारको नेतृत्वका सम्बन्धमा सल्लाह गरेर सहमतिमा पुग्ने बताए । अध्यक्ष प्रचण्डले राष्ट्रपतिबारे भने अहिलेनै प्रश्न नगर्न आग्रह गरे । उनले भने,  ‘सबै प्रक्रिया सहज ढंगले अगाडि बढेको छ । अब सरकार पनि त्यसैगरी बन्छ । सरकार यही गठबन्धनको बन्छ । प्रधानमन्त्रीका लागि हामी सल्लाह गर्दैछौं । राष्ट्रपतिबारे अहिले नसोध्नुस् ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *