
श्रेणी : BANNER
दाङ । सल्यानको कपुरकोटमा गएराति जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका–३ मुलपानीमा दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा सल्यान कपुरकोट गाउँपालिका ६ जलबाँङका २१ वर्षीय चालक जितबहादुर बोहोरा, ३७ वर्षीया धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, ३५ वर्षीय ललित ओलीको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका–६ जलबाँङ कै ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । जीपमा सवार नौ जना रहेका थिए। नेपालगञ्जबाट कपुरकोट–६ जलवाङका लागि छुटेको जिप बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो।

प्रतिक्रिया