वीरगन्ज :

सलोन बस्नेतको ‘राजारानी’

श्रेणी : कला / साहित्य

3 years
birgunj report
179Views
0 Shares

काठमाडौं । अभिनेता सलोन बस्नेतले विवाहमा उपहारस्वरुप पाएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियो आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक भएको हो । चार मिनेट ३५ सेकेण्ड लामो गीत र भिडियो अभिनेता बस्नेतका साथी एवं गायक आमेष भण्डारीले विवाहको उपहार स्वरुप दिएका हुन् ।

कार्यक्रममा अभिनेता बस्नेतले विवाहको उपहारस्वरुप पाएको गीत एकदमै राम्रो भएको बताए । उनले अहिले विवाहको सिजन चलिरहेकाले गीत धेरै नै राम्रो र धेरै मन पराउने आशा गरेको बताए ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अभिनेता बस्नेतको विवाहका दृश्यहरु देखाइएको छ ।

गीतको रचना गायक आमेष भण्डारी स्वयंले गरेका हुन् भने उनलाई सुनिता थेगिमले स्वरमा साथ दिएकी छन् । अभिनेता बस्नेतले एयर होस्टेज करिष्मा केसीसँग गत मंसिर १२ गते विवाह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *