वीरगन्ज :

सर्वोच्चकाे पूर्वन्यायाधीश वस्तीको निधन

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.9kViews
1845 Shares

काठमाडौं, १३ पुस । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। शुक्रबार राति हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका ७१ वर्षीय वस्तीको निधन भएको हो ।

पारिवारिक स्रोतलाई उद्धृत गर्दै सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले वस्तीको निधन भएको पुष्टि गरेका छन्। प्रवक्ता कुइँकेलका अनुसार अस्पताल लगे लगत्तै चिकित्सकले वस्तीको निधन भएको जानकारी गराएका थिए ।
वस्ती २०६५ मा सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए। उनी २०७० सालमा सर्वोच्चबाट अवकास भएका हुन् ।

सर्वोच्च अदालतबाट अवकाश पाएपछि उनले लामो समय राष्ट्रिय मानव अधिकार आयोगको सदस्य बनेर काम गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *