वीरगन्ज :

सर्वदलीय बैठक निष्कर्षविहीन, एमालेको माग यथावत

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । संसदको अवरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठक सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल आफ्ना अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान यथावत राखेको छ । बैठकमा आफूहरुको माग यथावत राखेको र सरकारले सुशासन कायम राख्न नसकेकाले आफूहरु मागबाट पछि नहट्ने एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सम्भवत: भोलिको बैठकपछि सदन खुल्ने बताए । उनले भने, ‘हामी यो बैठकमा पहिलो पटक बसेका हौं। अस्वस्थ भएकाले प्रमुख प्रतिपक्षी दल नेता केपी शर्मा ओली आउनु भएन । हामी सहमतिको नजिकै पुगेका छौं। अब भोलि बैठक होला र सहमति होला।’माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बैठकमा उपस्थित हुन नसकेको भन्दै पर्सी ३ बजेसम्म सदन रोक्ने र छलफल गर्ने सहमति भएको जानकारी दिए । सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समितिको माग गर्दै एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *