वीरगन्ज :

सर्लाही घटनाबारे सांसदहरूको गृहमन्त्रीसँग सत्यतथ्य सार्वजनिक गर्न माग

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
2.5kViews
1623 Shares

काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारमाथि भएको भनिएको बर्बरताबारे गृहमन्त्री रमेश लेखकसँग सत्यतथ्य सार्वजनिक गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै विकले यदि राज्य संयन्त्रबाट उनीहरूमाथि अपमानजनक व्यवहार भएको हो भने यो दलित समुदायको ठूलो अपमान भएको बताइन्। गृहमन्त्रीको निर्देशनमा विवाह दर्ता भइसकेका उनीहरूको सम्बन्ध तोड्न राज्य शक्तिको दुरुपयोग गरिएको भन्ने समाचार आएपछि यसप्रति उनले गम्भीर आपत्ति जनाइन् ।

सांसद हर्कमाया विकले पनि जातीय विभेदलाई सरकारले संरक्षण गरेको आरोप लगाउँदै प्रहरी र अदालतको भूमिका प्रश्न उठाइन् ।

त्यस्तै सांसद शिव नेपालीले घटनाप्रति सरकारको चरित्र हात्तिको दाँतजस्तो भएको टिप्पणी गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने सरकारी नीतिलाई व्यवहारमा लागू गर्न आग्रह गरे । सत्येन्द्र र नेहा जोडीमाथि बालविवाहको मुद्दा दायर गर्नु आपत्तिजनक रहेको भन्दै उनले घटनाको स्पष्ट विवरण सार्वजनिक गर्न माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *