वीरगन्ज :

सर्लाहीमा ७६ वर्षीय वृद्ध गाँजासहित पक्राउ

श्रेणी : अपराध

4 months
Pradeep Sah
2.2kViews
1214 Shares

जनकपुर,२१ चैत । सर्लाहीको बागमती नगरपालिका–१२, बथाने टोलबाट प्रहरीले लागुऔषध गाँजासहित एक वृद्धलाई पक्राउ गरेको छ। ७६ वर्षीय मानबहादुर बललाई गाँजा लुकाएर बिक्री गर्दै आएको विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय कर्मैया र हरिवनको संयुक्त टोलीले प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवको नेतृत्वमा बलको घरमा खानतलासी गर्दा १६ किलो ५०० ग्राम गाँजा बरामद गरेको छ।

सई यादवले कर्मैयाको प्रहरी कमाण्ड सम्हालेदेखि लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई निगरानी गर्दै आएका छन्। उनको नेतृत्वमा प्रहरीले लगातार लागुऔषध कारोबारीहरूलाई पक्राउ गर्ने अभियान सञ्चालन गरिरहेको छ।

पक्राउ परेका बललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *