वीरगन्ज :

सर्लाहीमा १२ लाखभन्दा बढीको शंकास्पद सामानसहित ट्रक नियन्त्रणमा

श्रेणी : अर्थ

2 days
Pradeep Sah
1.7kViews
1225 Shares

जनकपुर,२८ चैत । सर्लाही प्रहरीले बिल–बिजक शंकास्पद देखिएको ट्रकलाई नियन्त्रणमा लिएको छ। ट्रकमा करिब १२ लाखभन्दा बढी मूल्य बराबरको कबाड सामग्री लोड गरिएको अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले बागमती नगरपालिका–११ को पूर्व–पश्चिम लोकमार्ग खण्डमा नियमित जाँचका क्रममा ट्रकलाई रोकेको हो। ना ६ ख ७८५४ नम्बरको उक्त ट्रक सर्लाहीबाट बिनौलीतर्फ गइरहेको अवस्थामा रोक्दा त्यसमा लोड गरिएको सामानको बिल तथा कागजात शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताए।

प्रहरीका अनुसार ट्रकमा लोड गरिएको सामानको अनुमानित मूल्य १२ लाख ५६ हजार ५ सय रुपैयाँ रहेको छ। ट्रक र सामान हाल आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा पठाइएको छ।

अहिलेसम्म उक्त ट्रक कुन कम्पनीको हो वा सामान कहाँ लाने तयारीमा थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *