वीरगन्ज :

सर्लाहीमा मापसे चेकिङमा वडाध्यक्षको अवरोध, प्रहरीद्वारा हवाई फायर

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.9kViews
1213 Shares

जनकपुर,२१ पुस । सर्लाहीकाे रामनगर गाउँपालिका वडा नम्बर ५ मा मापसे चेकिङका क्रममा वडाध्यक्षकै नेतृत्वमा भएको अवरोधका कारण प्रहरीले पाँच राउन्ड हवाई फायर गर्न बाध्य भएको छ।

शनिबार राति ९ बजे वैजनाथ चोकमा भएको घटनामा वडाध्यक्ष शिवनन्दन यादवको नेतृत्वमा आएको भीडले लाठी र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेको थियो। मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार भीडलाई तितरबितर गर्न हवाई फायर गर्नु परेको हो।

घटनाका क्रममा प्रहरी हवल्दार शैलेन्द्र राय घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेपछि सातवटा टाँका लगाइएको छ। रायको उपचार जनकपुरस्थित न्युरो अस्पतालमा भइरहेको छ, र उनको अवस्था मध्यम रहेको बताइएको छ।

सडक दुर्घटना न्यूनिकरणका लागि प्रदेशभर मापसे र लागूऔषध सेवन (लापसे) चेकिङलाई तीव्रता दिइएको छ। त्यही अभियान अन्तर्गत रामनगरमा खटिएको प्रहरी टोली चेकिङ गर्ने क्रममा स्थानीयसँग विवाद भएको र पछि वडाध्यक्षकै नेतृत्वमा भीडले आक्रमण गरेको एसपी बोहोराले बताए।

हालसम्म घटनामा संलग्न कसैलाई पक्राउ गरिएको छैन, तर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *