
श्रेणी : मधेस
मलंगवा । सर्लाहीकाे मलंगवा नगरपालिका वडा नं.०८ गोरखकालीबाट बिहिबार ५३ राउण्ड गोली बरामद भएकाे छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरिक्षक ओमप्रकाश यादवको कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पेस्तोलमा प्रयोग हुने केएफ ७.६५ लेखिएको ५३ राउण्ड गोली फेला परेको प्रहरीले जनाएकाे छ ।
गोरखकालीस्थित चन्द्र भुषण यादवको घरमा सर्लाही कै ईश्वरपुर नगरपालिका ५ का बिजय महतोले संचालन गरेको भोलेबाबा अटो पार्टस एण्ड बिजय रिपेरिङ सेन्टर ग्यारेजको अगाडी रहेको खुल्ला ठाउँमा कवाडीको सामानहरु राखिएको स्थानबाट पेस्ताेलमा प्रयाेग हुने गाेली बरामद भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
प्रहरी टोलीले स्थानिय मानिसहरु र जन प्रतिनिधी समेतको रोहवरमा सो स्थान खनी हेर्दा जमिन भन्दा ६/७ ईन्च माटो मुनी रातो र सेतो रङको गर गहनाहरु राख्ने सानो व्याग भित्रबाट राखिएकाे गोली फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उक्त गोली रितपुर्व बरामद गरि थप अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरिक्षक श्रेष्ठले वताए ।


प्रतिक्रिया